४९ दिनसम्म चल्ने कुम्भ मेला भारतमा सुरु, १२ करोड मानिस सहभागी हुने अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

४९ दिनसम्म चल्ने कुम्भ मेला भारतमा सुरु, १२ करोड मानिस सहभागी हुने अनुमान

एजेन्सी, १ माघ । विश्वकै ठूलो मेलाका रुपमा लिइने गरेको प्रयागराज कुम्भ मेला भारतमा सुरु भएको छ । भारतको उत्तर प्रदेशको प्रयागराजमा ४९ दिनसम्म चल्ने कुम्भ मेला सुरु भएको हो ।

कुम्भ मेलाको पहिलो शाही स्नान सँगै मेलाको आधिकारिक सुरुवात भएको हो । यो मेलाको समापन आउँदो मार्च ४ मा हुनेछ । यो बिचमा पर्ने आठ मुख्य पर्वमा शाही स्नान हुनेछ । शाही स्नानलाई मध्यनजर गरी प्रयागराजका सबै शैक्षिक संस्था तीन दिनका लागि बन्द गरिएको छ ।

४९ दिनसम्म चल्ने यो वर्षको कुम्भ मेलामा झण्डै १२ करोड मानिस सहभागी हुने अनुमान छ । यसरी आउनेमा १० लाख भन्दा बढी विदेशी नागरिक हुने अनुमान गरिएको छ । उत्तर प्रदेश सरकारले यो वर्षको कुम्भ मेला अहिलेसम्मकै भव्य रहने बताएको छ ।

कुम्भ मेला आयोजना हुने प्रयागराजमै ब्राह्माण्डको उद्भव भएको मानिन्छ र यसलाई पृथ्वीको केन्द्रका रुपमा पनि लिइन्छ । यस्तै सृष्टि निर्माण हुनु पूर्व यहि स्थानमा भगवान ब्रह्माजीले अश्वमेघ यज्ञ गरेको मान्यता पनि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);