इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

iran cargo plane crash

एजेन्सी, ३० पुस ।  इरानको राजधानी तेहराननजिकै कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । इरानको कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रको एउटा भवनमा जोतिन पुगेको थियो ।

घटनास्थल राजधानी तेहरानदेखि ४० किलोमिटर पश्चिममा रहेको जनाइएको छ । इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक फ्लाइट इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट सामान अ‍ोसारीरहेको थियो ।

इरानको नागरिक उड्डयन निकायले उक्त विमान किर्गिजस्तानको भएको जनाएको छ । तर, किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एअरबाट सञ्चालनमा रहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);