इरानमा विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०७९, सोमबार

इरानमा विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

एजेन्सी, ६ फागुन । इरानको मध्य पहाडी क्षेत्रमा यात्रुबहाक विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । इरानको राजधानी तेहरानबाट दक्षिणपश्चिमी शहर यासुजका लागि उडेको आसेमान एयरलाइन्सको विमान उडेको केही समयमै राडारबाट हराएको थियो ।

उक्त विमान सेमिरोम शहरमा दुर्घटना भएको र विमानमा सवार ६६ जनाको मृत्यु भएको एयलाइन्सका अधिकारीहरुले बताएका छन् । खराब मौसमका कारण विमान देना पर्वतमा ठोकिएको जनाइएको छ । उक्त ठाउँ दुर्गम रहेको अधिकारीहरूको बताएका छन् । दुर्घटना पछि सबै आपत्कालीन सेवा बलहरूलाई सजग गराइएको छ ।