छुट्टाछुट्टै विमान दुर्घटनामा परी १६९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

छुट्टाछुट्टै विमान दुर्घटनामा परी १६९ जनाको मृत्यु

ethiopian airlines crash

एजेन्सी, २६ फागुन । आईतबार भएको यात्रुबहाक इथोपियन हवाई विमान दुर्घटनामा सवार सबै  १५७ जनाको मृत्यु भएको छ । इथोपियाको अदिस अबाडाबाट केन्याको नैरोबीका लागि उडेको इटी ३०२ विमानमा एक सय ४९ यात्रु र ८ जना चालक दलका सदस्य रहेका थिए ।

विमानमा विभिन्न ३३ देशका नागरिक सवार रहेको जनाईएको छ । विमान कम्पनीले त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्य जिवित नरहेको पुष्टि गरेको छ । इथोपियाको राजधानीबाट उडेको ६ मिनेटमै उक्त विमान दुर्घटना भएको थियो ।

उता कोलम्बियामा भएको विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो ।

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहिन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);