मेक्सिकोमा बरिष्ठ व्यक्ति सवार हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेक्सिकोमा बरिष्ठ व्यक्ति सवार हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । 

helicopter accident

काठमाडौं, ६ फागुन । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर सवार हेलिकप्टर दुर्घटना हुँदा एक बालकसहित १४ जनाको मृत्यु भएको हो । गृहमन्त्री र गभर्नर भने बाँच्न सफल भएका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

७ दशमलव २ म्याग्निच्युडको भूकम्प आए लगत्तै प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । मेक्सिकोमा शनिबार गएको भूकम्पमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रै घर ध्वस्त भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);