अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, ९ जनाको मृत्यु


एजेन्सी, ५ चैत। अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। अफगानिस्तालको मैदान वार्दाक प्रान्तमा बुधबार राति भएको अफगान वायुसेनाको हेलिकप्टर दुर्घटनामा नौ जनाको मृत्यु भएको हो ।


अफगानी रक्षा मन्त्रालयले बिहीबार विज्ञप्ती निकाल्दै दुर्घटनासम्बन्धी जानकारी दिएको हो । दुर्घटनामा चालक दलका चारसहित अफगान राष्ट्रिय सेनाका पाँच सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


हेलिकप्टर अवतरण गर्न लागिएको समयमा रकेटले हानिएपछि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । रकेट कसले प्रक्षेपण गरेको खुलाइएको छैन भने हालसम्म त्यसको जिम्मा पनि कसैले लिएको छैन । रक्षा मन्त्रालयले घटनामाथि अनुसन्धान भईरहेको जनाएको छ ।


गत नोभेम्बरमा पनि अफगानिस्तानको पूर्वी प्रान्त नागाहारमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका १० सदस्यको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);