म्यानमारमा सूचना र जानकारीको प्रवाह सीमित बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्यानमारमा सूचना र जानकारीको प्रवाह सीमित बन्दै

एजेन्सी, ५ चैत । सेनाको पकड बलियो भएसँगै म्यानमारमा सूचना र जानकारीहरुको प्रवाह सीमित बन्दै गएको छ । बिहीबार म्यानमार भर इन्टरनेट सेवा र सूचनाका माध्यमहरु अवरुद्ध भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरुले भेला आयोजना कार्यक्रम गर्ने क्रममा सैनिक शासकहरुले बिहीबार सबै सार्वजनिक क्षेत्रमा वाइफाइ बन्द गरेको बताइएको छ । अपदस्थ नेता आङ साङ सुकी विरुद्ध सेनाले नयाँ र गम्भीर अभियोगहरु माथी मुद्दा चलाएको छ । सैनिक कु विरुद्ध चर्कँदै गएको आन्दोलन नियन्त्रण गर्ने भन्दै सुरक्षाकर्मीहरु आक्रमक बन्दै गएका हुन् ।

फेब्रेअरी १ मा भएको सैनिक कू विरुद्धको जनप्रदर्शनमा सुरक्षाकर्मिको गोलीबाट २ सय १७ भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ । पश्चिमी राष्ट्रहरुले लगातार आलोचना गरिरहे पनि म्यान्मार सेनामा त्यसको कुनै प्रभाव परेको छैन ।

एसियाली छिमेकीहरुले यस संकटको समाधान खोज्न मद्दत गर्ने प्रस्ताव गरिरहेको र राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारबारे धेरैपटक छलफल भइसकेपनि समस्या बढ्रदै गएको छ । रुस र चीनको समर्थनले गर्दा म्यानमारको सैन्य शासक जन प्रदर्शन दवाउन दृढ देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);