म्यानमारमा सेनाको हिंस्रक दमन अमानवीय र निन्दनीय : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

म्यानमारमा सेनाको हिंस्रक दमन अमानवीय र निन्दनीय : कांग्रेस

nepali congress

काठमाडौं, १५ चैत । म्यानमारमा सैनिक कदमविरुद्धको प्रदर्शनमा भईरहेको सेनाको हिंस्रक दमनमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसले आइतबार विज्ञप्ती जारी गर्दै म्यानमार प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको भन्दै टिप्पणी गरेको छ ।

जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न र लोकतन्त्र पुनस्र्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रुपमा तीब्र दवाव बढाउन आवश्यक देखिएको विज्ञप्तीमा उल्लेख छ ।

म्यानमारमा शनिबार मात्रै प्रहरीको गोली लागेर एक सय १४ जनाको मृत्यु भएको थियो । सेनाले प्रदर्शनमाथि दमन र ज्यादती दिनप्रति दिन बढाइरहेको छ ।

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा बढी नागरिकको मृत्यु भएको बताइएको छ ।

घटनालाई लिएर अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले निन्दा गरेका छन् ।

म्यानमारमा फेब्रुअरी १ यता ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);