म्यान्मारमा कूपछि पहिलो पटक सू ची देखिइन् | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

म्यान्मारमा कूपछि पहिलो पटक सू ची देखिइन्

एजेन्सी, १७ फागुन । म्यान्मारमा सैन्य कू भएपछि नेतृ आङ सान सू ची पहिलो पटक देखिएकी छिन् । फेब्रअरी १ मा सैन्य कू महिनापछि एक महिना पछि पहिलो पटक नेत्री आङ सान सू ची देखिएकी हुन् । सोमबार राजधानीको एक अदालतमा उनी भिडियो लिंकमार्फत उपस्थित भएकी हुन् ।

सैन्य सरकारले सूमाथि विनाअनुमति वाकीटकी सेट आयात गरेको, कोभिडसम्बन्धी प्रतिबन्धहरू पालना नगरेको र डर पैदा गर्न सक्ने सूचना प्रकाशित गरेको आरोप लगाइएको छ।

सैन्य कू विरुद्ध म्यानमार भईरहेको प्रदर्शन दिनप्रतिदिन हिंसात्मक बन्दै गएको छ । सेनाले प्रदर्शनमा व्यापक दमन गरिरहेको छ । आइतबार मात्रै म्यानमारमा सेनाको गोली लागेर १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);