ट्रम्प व्हाइट हाउस छाडेपछि पहिलो पटक सार्वजनिक मञ्चमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

ट्रम्प व्हाइट हाउस छाडेपछि पहिलो पटक सार्वजनिक मञ्चमा

Donald Trump

एजेन्सी, १७ फागुन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको स्पष्ट गर्नु भएको छ । व्हाइट हाउस छाडेपछि पहिलो पटक सार्वजनिक मञ्चबाट भाषण गर्दै ट्रम्पले नयाँ पार्टी नखोल्ने स्पष्ट गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

फ्लोरिडामा कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा सम्बोधन गर्दै ट्रम्पले रिपब्लीकनको भोट बाँडीने भएकाले नयाँँ पार्टी नखोल्ने निर्णय गरेको बताउनु भयो । राष्ट्रपति जो बाइेडनको आलोचना गर्दै ट्रम्पले ‘अमेरिका फर्स्ट’को नीतिलाई बाइडेनले ‘अमेरिका लास्ट’ बनाएको आरोप लगाउनु भयो ।

४ बर्षअघि अमेरिकाको राष्ट्रपति भएर सुरु गरेको यात्रा जार्ी राख्ने उल्लेख गर्दै ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा फेरि उम्मेदवारी दिने संकेत दिन भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);