एलन मस्क फेरि चर्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एलन मस्क फेरि चर्चित

एजेन्सी, १७ फागुन । अमेरिकन विद्युतीय मोटर कम्पनी टेस्लाका मालिक एलन मस्क फेरि चर्चित हुनुभएको छ । यसअघि अर्बपतिको सूचीमा परेर चर्चित हुनुभएका मस्क यो पटक भने क्रिप्टोकरेन्सीका नामले जानिने बिट्क्वाईनको कारोवारका कारण चर्चित हुनुभएको हो ।

मस्कको विद्युतीय कार कम्पनी टेस्लाले गत फेब्रुअरीको शुरुवातमै झण्डै डेढ खर्ब डलरको बिटक्वाइन खरिद गरेकोमा उक्त कारोवारबाट उनले झन्डै ९० करोड डलर नाफा आर्जन गरेका छन् । उनले एक महिनामै यत्रो नाफा आर्जन गरेपछि बिटक्वाईनले झनै चर्चा पाएको छ ।

जसका कारण प्रति इृकाई बिट्क्वाईनको मूल्य ५८,००० डलरभन्दा माथी पुगेको थियो । बिटक्वाईन कारोवारका लागि आबश्यक पर्ने ब्लकचेन प्रविधिका लागि ठूलो कम्प्युटर शक्ति आवश्यक पर्छ र त्यसको अर्थ ठूलो ऊर्जाको खपत हो ।

यस्ता कम्पयुटरलाई बिट्क्वाईन माईनर भनिन्छ र यिनले नयाँ बिटक्वाइन बनाउने देखि बिटक्वाइनको प्रत्येक कारोबारलाई प्रमाणित गर्ने र तथ्याङ्क राख्ने गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);