फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय

एजेन्सी, १८ फागुन। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय सुनाइएको छ ।


सार्कोजीका साथै उहाँका कानुन व्यवशायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई सोत तीन वर्ष जेल सजाय सुनाइएको हो ।

आफुविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सार्कोजीले सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोप लागेको थियो । जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकोमध्ये एक वर्ष घरमै बसेर काट्न सक्ने जनाइएको छ ।

सार्कोजीलाई आफुले गरेको काम गलत थाहा हुँदाहुँदै पनि संलग्न भएको र कानुन व्यवसायीले न्यायालयको छवि बिगारेको न्यायाधिशले उल्लेख गरेका छन् । सार्कोजीका कानुन व्यवसायी र ती सरकारी अधिकारीबीच भएको टेलिफोन संवाद सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो। सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);