दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ ।

दक्षिण अफ्रिकाको कन्स्टिट्यूशनल कोर्टले जुमालाई अदालतको मानहानी गरेको आरोपमा १५ महिनाको जेल सजाय सुनाएको हो । ज्याकब जुमा राष्ट्रपति भएको समयमा भ्रष्टाचारको एक मुद्धाको अनुसन्धानमा आयोग समक्ष उपस्थित भएका थिएनन् ।

साथै उनीमाथि कोर्टले उपस्थित हुन आदेश दिँदा पनि अनुसन्धान आयोग समक्ष नगएको आरोप छ । सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएका उनलाई पदमा रहँदा उनीमाथि भ्रष्टाचारका पनि थुप्रै आरोप लागेका थिए । ९० को दशकको यो मामिलामा उनीमाथि ५ अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचारको आरोप लागेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);