चिनियाँ अदालतद्वारा इन्टरपोलका पूर्वप्रमुखलाई १३ बर्ष ६ महिनाकोे जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चिनियाँ अदालतद्वारा इन्टरपोलका पूर्वप्रमुखलाई १३ बर्ष ६ महिनाकोे जेल सजाय

एजेन्सी, ७ माघ । घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका पूर्वप्रमुखलाई चिनियाँ अदालतले १३ वर्ष ६ महिनाको जेलसजाय सुनाएको छ ।

इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक मङ खुङ्वेलाई चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएपछि उनी बेपत्ता भएका थिए । भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो ।

मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको प्रमाणित भएपछि अदालतले यस्तो फैसला सुनाएको हो । मङले आरोप स्वीकारेको जनाइएको छ । तिआन्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।

हाल फ्रान्समा राजनीतिक शरण लिइरहेकी मङकी श्रीमतीले उनीमाथि लगाइएका आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको बताएकी छन् । सन् २०१६ मा इन्टपोलको प्रमुख निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए । इन्टरपोलका अनुसार उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतङ्कवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);