गृहयुद्धमा बेपत्ता भएका सबै नागरिककाे मृत्यु भइसक्याे : राष्ट्रपति राजापाक्षे | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

गृहयुद्धमा बेपत्ता भएका सबै नागरिककाे मृत्यु भइसक्याे : राष्ट्रपति राजापाक्षे

gotabaya rajapaksa

एजेन्सी, ७ माघ । श्रीलंकाका राष्ट्रपति गोतावाया राजापाक्षेले गृहयुद्धका क्रममा बेपत्ता भएका सबैको मृत्यु भइसकेको स्वीकार गरेका छन् । राष्ट्रपति राजापाक्षेले श्रीलंकामा साढे दुई दशक लामो गृहयुद्धमा बेपत्ता भएका २० हजार भन्दा बढीको मृत्यु भएको पहिलो पटक स्वीकारेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिसंगको भेटमा राष्ट्रपति राजपाक्षेले यस्तो बताएका हुन् । राष्ट्रपतिको कार्यालयले बेपत्ताहरुको मृत्यु प्रमाणपत्र जारी गरिने जनाएको छ ।

राजापाक्षेको सरकारले बेपत्ता भएकाहरुको सम्बन्धमा सरकारको कुनै भूमिका नरहेको प्रष्टयाउदै आएको छ । बेपत्ता व्यक्तिका परिवारहरुले उनीहरुको अवस्थाबारे जानकारी दिन माग गर्दै प्रदर्शनहरु गर्दै आएका छन् ।

श्रीलंकाली सेनाले सन् २००९ को मे महिनमा २६ वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको तमिल विद्रोहीलाई पराजित गरेको थियो । गृहयुद्धका क्रममा करिब १ लाखको मृत्यु भएको र २० हजार बेपत्ता भएको अनुमान छ । जसमा धेरैजसो तमिल समुदायका छन् ।

वर्तमान राष्ट्रपति राजापाक्षे तमिल टाइगरविरुद्धको युद्धको महत्वपूर्ण समयमा रक्षामन्त्री थिए । श्रीलंका सरकारले गृहयुद्धको समयमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्न राष्ट्रसंघ र मानवअधिकारवादी समुहहरुले गरेको आग्रह अस्वीकार गर्दै आएको छ । यो विषय आन्तरिक भन्दै आन्तरिक रुपमै छानबीन गर्ने श्रीलंकाको अडान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);