रुसको एक सपिङ मलमा आगलागी हुँदा ६४ को मृत्यु, ४३ घाइते, ६७ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुसको एक सपिङ मलमा आगलागी हुँदा ६४ को मृत्यु, ४३ घाइते, ६७ जना बेपत्ता

एजेन्सी, १२ चैत । रुसको साइबेरिया स्थित केमरोभो शहरको एउटा सपिङ मलमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छ । ४३ जना घाइते भएका छन् । जसमध्ये ३७ जनालाई अस्पतालमा भर्ना गरिएको छ । घटनामा ४० जना बालबालिका सहित ६७ जना बेपत्ता छन् ।

केमरोभोको शपिङ मल जसको चौथो तलामा एक्कासी आगो लाग्दा अनाहकमा त्यहाँ भएका ब्यक्तिहरुले ज्यान गुमाएका छन् । कुनै बालकले बालेको ग्याँस लाइटरबाट आगो सल्किएको प्रारम्भीक अनुमान गरिएको छ । आगलागी बालबालिकाको प्लेग्राउण्ड नजिकबाट शुरु भएको थियो ।

आगो लागेको दोश्रो कारण बिद्युत शर्किट सर्ट भएर बताइएको छ । यसबारे अनुसन्धान भइरहेको रुसका अधिकारीहरुले बताएका छन् । आपतकालीन उद्धारका निम्ति ६सय ६० जना उद्वारकर्ता सहित १५ वटा बारुणयन्त्र प्रयोग गरिएको छ ।

रुसी संचारमाध्यमका अनुसार आगोबाट जोगिन केही ब्यक्तिहरु मलको माथिल्लो तल्लाको झ्यालबाट हामफालेका थिए । रसियन अनुसन्धान कमिटीले यो घटनाको छानबिन थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गतसाता नयाँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि घटेको यो घटनालाई गम्भीरतापूर्वक लिइएको छ ।

चारजना शंकास्पद ब्यक्तिहरुलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको छ भने राष्ट्रपति पुटिनले आगलागीमा ज्यान गुमाएका परिवारमा गहिरो समबेदना ब्यक्त गर्दै दुःख प्रकट गरेको क्रेमलिनले जनाएको छ ।

सन २०१३ मा निर्मित उक्त सपिङ मलमा लागेको आगो नियन्त्रणमा लिन १६ घण्टा लागेको थियो । मलभित्र रहेका २ वटा सिनेमा घरको छत आगलागीले ध्वस्त भएको छ । केमरोभो शहर मस्कोबाट ३६ सय किलोमिटर पूर्वमा अवस्थित कोइला उत्पादनका लागि प्रख्यात रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);