रासायनिक आक्रमण गरिएको प्रकरणमा ६० रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रासायनिक आक्रमण गरिएको प्रकरणमा ६० रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश

donald trump

काठमाडौं, १३ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायतका पूर्व रुसी जासूसमाथिको रासायनिक आक्रमण गरिएको प्रकरणमा ६० जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिएका छन् ।

ट्रम्पले रुसी कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिइनुलाई शीत युद्ध र तत्कालीन सोभियत संघसँगको टकरावपछि अमेरिकाले रुसमाथि गरेको अहिलेसम्मकै ठूलो कारवाही भनिएको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको यो कदमले टकरावको स्थिति पैदा भएको बताएको छ । रुसी समाचार संस्थाका क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस घटनालाई दुःखद् भन्दै रुसले छिट्टै यसको प्रतिक्रिया दिने बताए ।

उनले पूर्व रुसी जासूसमाथिको रासायनिक आक्रमणमा रुसको हात नभएको भन्दै यस विषयमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रतिवेदन बुझाइसकेको बताए । उनले यस घटनाका कारण रुस र अमेरिकाबीच हुने भनिएको शिखर वार्ता प्रभावित हुन सक्ने बताए । रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने मुलुकको सूचिमा जर्मनी, फ्रान्स र अष्ट्रेलिया पनि थपिएका छन् ।

जर्मनी र फ्रान्सले चार/चार जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने बताएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दोस्रो विश्वयुद्धपछि युरोपमा पहिलो पटक रासायनिक अस्त्रको प्रयोगबाट स्तब्ध पार्ने प्रकृतिको हमला गरिएको भन्दै दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिइएको बताएका छन् ।

बेलायतमा पूर्वरुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर पार्ने विषालु पदार्थको प्रयोग गरी हमला गरिएको प्रतिक्रियास्वरूप रुसी कूटनीतिज्ञहरूलाई धमाधम देश निकाला गर्न थालिएको हो । हालसम्म विभिन्न २१ मुलुकले १ सय ३० जना रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिइसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);