बेलायतद्वारा २३ रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बेलायतद्वारा २३ रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय

एजेन्सी , १ चैत । बेलायतले रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोपमा २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।  बेलायती प्रधानमन्त्री थेरेसा मेले मन्त्रिपरिषद्बाट रुसी कुटनीतिज्ञलाई देश निकालाको निर्णय गरेकी हुन् ।

२३ जना रुसी कुटनीतिज्ञलाई बेलायत छाड्न एक साताको समय दिइएको छ । युद्धमा समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको रासायनीक औषधी रुसले प्रयोग गरिरहेको बेलायतको दाबी छ । बेलायती प्रधानमन्त्री मेले बेलायतमा भएका सबै रुसी सरकारी सम्पत्ति जफत गर्ने चेतावनी दिँदै अहिलेलाई रुससँगको सबै सम्वन्ध तोडिएको बताएकी छन् ।

उनले यही वर्ष रुसमा हुने विश्वकप फुटबलमा बेलायती शाही परिवारका सदस्य सहभागी नहुने समेत बताईन । बेलायतले आफूमाथि लगाएको रासायनिक हतियार प्रयोग सम्बन्धी आरोप रुसले अस्विकार गरेको छ । बेलायती निर्णयसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);