रुसद्वारा ६० अमेरिकी कुटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रुसद्वारा ६० अमेरिकी कुटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय

russia

एजेन्सी, १६ चैत । रुसले अमेरिकाका ६० जना कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय लिएको छ ।

अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेको जवाफस्वरुप रुसले अमेरिकी कुटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय लिएको हो । अमेरिकी कुटनीतिक कर्मचारीलाई रुस छाड्न एक ससाताको समय दिइएको छ । रुसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय बन्द पनि गर्ने निर्णय गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जस्तालाई तस्तै जवाफ दिइएको प्रतिक्रिया दिए ।

अमेरिकाले यसै हप्ता ६० जना रुसी कूटनीतिक कर्मचारीलाई देश निकाला गर्नुका साथै सियाटलस्थित कन्सूलर कार्यालय बन्द गराएको थियो । अमेरिकाले रुसको यो कदमले ऊ अरु देशसँग राम्रो सम्बन्ध चाहँदैन भन्ने पुष्टि भएको बताएको छ । रुसका एक पूर्व जासूसलाई दक्षिण इंग्ल्याण्डमा विष खुवाउन रुसको संलग्नता देखिएको भन्दै दुई दर्जन मुलुकले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);