एफबिआईको पूर्व उप–निर्देशकलाई कानुनी लडाईका लागि सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एफबिआईको पूर्व उप–निर्देशकलाई कानुनी लडाईका लागि सहयोग

mccabe

एजेन्सी, १६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बर्खास्त गरेका संघीय जाँच व्युरो (एफबिआई) का पूर्व उप–निर्देशक एण्ड्रियु म्याककाबेलाई कानूनी लडाईका लागि सहयोग जुट्न थालेको छ । म्याककाबे दुई साताअघि एफबिआईको उपनिर्देशक पदबाट बर्खास्त भएका थिए ।

राजनीति गरेको आरोप लगाउँदै महान्यायाधीवक्ता जेफ सेसन्सले बर्खास्त गरेपछि म्याककाबेले कानूनी उपचार खोज्ने बताएका थिए । यसमा उनलाई सहयोग जुट्न थालेको हो ।

सहयोग जुटाउने अभियान सुरु भएको सात घण्टामै ३ लाख अमेरिकी डलर जुटेको बीबीसीले उल्लेख गरेको छ ।गोफण्डमी पेजमा हिजो म्याककाबेको कानूनी लडाईंमा सहयोग गर्नका लागि १ लाख ५० हजार अमेरिकी डलर जम्मा गर्ने लक्ष्य रहेको भन्दै सूचना जारी गरिएको थियो ।

यो कानूनी लडाईं आफ्ना लागि भन्दा पनि चुनावमा रुसी दखल सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्न नदिनका लागि रहेको म्याककाबे तथा उनका सहयोगीले बताएका छन् । म्याककाबेले राष्ट्रपति चुनावमा भएको भनिएको रुसी हस्तक्षेप सम्बन्धी अनुसन्धानको महत्वपूर्ण साक्षी रहेकाले आफूलाई बर्खास्त गरिएको बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);