भारतले मालदिभ्सलाई दिने भयो एक अर्ब चालिस करोड डलर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतले मालदिभ्सलाई दिने भयो एक अर्ब चालिस करोड डलर

india-Maldives

काठमाडौं, ३ पुस । मुलुक तथा भारतको निकट मानिने मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार बङ्गलादेशी अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि बङ्गलादेशका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग भने, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ ।”

उनले भने, “घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवद्र्धन सम्भव भएको छ । भारत बङ्गलादेशको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो ।”

भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुबै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको बताइएको छ ।

भारतले बङ्गलादेशको विकासका लागि गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।

दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफलसिद्ध भएको मोदीको भनाई थियो ।

भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले मालदिभ्ससँग बृहद् व्यापार सम्बन्ध चाहन्छौँ । भारतीय कम्पनीहरूका लागि बङ्गलादेशमा प्रशस्त अवसरहरू रहेका छन् । यो दुबै मुलुकका लागि फाइदाको बिषय हो ।”

उनले भने, “हाम्रो सुरक्षा चासोहरू अन्तरनिहित छन् । हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ ।”

निर्वाचनपूर्व खासै चर्चामा नआएका चवन्न बर्षीय सोलिहले पूर्व राष्ट्रपति अब्दुल्लाह यमीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपति निर्वा्चित बनेका थिए । यमीनलाई चीनको निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत तथा पश्चिमा मुलुकहरूको सहयोग रहेको बताइने गर्छ ।

यो खबर आजको हिमालय टाइम्समा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);