नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल र भारतबीच आठवटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, ८ भदौ । नेपाल र भारतबीच विभिन्न आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  दुई देशबीच भूकम्पपछिको पुनर्निर्माण लगायतका आठवटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

चार वटा समझदारी पुनर्निर्माणसँग सम्बन्धित छ । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 

समझदारीअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर खर्च हुनेछ ।

 

यसैगरी, गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रम अन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा समेत समझदारी भएको छ ।

 

दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच हुने समझदारीले नेपालले गुणस्तर चिह्न दिएका वस्तुलाई भारतले मान्यता दिने र भारतले गुणस्तर चिह्न दिएका वस्तुलाई नेपालले मान्यता दिने परिपाटी निर्माण हुने अपेक्षा छ ।

 

समझदारीबाट दुई देश जोड्ने मेची पुलको विस्तार र स्तरोन्ति हुनेछ । समझदारीपत्रमा हस्ताक्षर हुनुअघि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);