भारतबाट थप १०० मेगावाट बिजुली थप्न दुई प्रसारण लाइनको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, ८ भदौ । भारतबाट थप १०० मेगावाट बिजुली ल्याउन सक्ने गरी दुई प्रसारण लाइनको उद्घाटन भएको छ ।

 

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार हैदरबाद हाउसवाट स्वीच थिचेर १३२ केभी क्षमताका कटैया–कुशहवा र रक्सौल–परवानीपुर प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । यी दुबै प्रसारण लाइनबाट नेपालले भारतबाट थप एक सय मेगावाट बिजुली आयात गर्न सक्नेछ ।

 

नेपालले मुजफ्पुर–ढल्केबरसहित अन्य प्रसारण लाइनबाट हिउँदमा करिब ३ सय ५० मेगावाट बिजुली भारतबाट आयात गरिरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);