बिजुलीमा बढ्दै परनिर्भरता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौँ,१७ पुस। बिजुलीमा भारतसितको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।

अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भता बढेको हो ।

‘सुक्खायामको सुरुआतसँगै पानीको सतह कम भएकाले नदीको प्रवाहमा आधारित विद्युत् आयोजनाको उत्पादन घटेकाले मुलुकमा लोडसेडिङ हुन नदिन हाल भारतबाट ४ सय मेगावाट विद्युत् आयात गरिरहेका छौं,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यस वर्ष माघ–फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट बिजुली आयात हुनेछ ।’
’ उनका अनुसार विद्युत्को बढी माग हुने साँझको समयमा मात्र ४७० मेगावाट बिजुली आयात गरिनेछ । राति र दिउँसो कम बिजुलीआयात गरिनेछ ।

अधिकारीका अनुसार हाल साँझमा विद्युत्को कुल माग १३८० मेगावाट छ । मुलुकमा विद्युत् प्राधिकरणका आयोजनाबाट ४२० र निजी क्षेत्रका प्रवद्र्धित आयोजनाबाट १६० मेगावाट गरी ५ सय ८० मेगावाट छ ।

हाल मुलुकमा विद्युत् आयोजनाको जडित क्षमता ९५० मेगावाट हाराहारीमा छ । नदीमा पानीको सतह घटेकाले ५८० मेगावाट बिजुली ९जलाशययुक्त ९२ मेगावाटको कुलेखानी पहिलो र दोस्रोसहित० उत्पादन भइरहेको हो । मुलुकमा उत्पादित र भारतबाट आयातीत गरी जम्मा १०३० मेगावाट आपूर्ति हुन्छ । मुलुकको पिक आवरको मागभन्दा ३३० मेगावाट बिजुली अपुग हुनेछ । यो अपुगलाई पुर्‍याउन बढी माग हुने साँझको समयमा औद्योगिक क्षेत्रमा तीन घण्टा लोडसेडिङ गरी मुलुकभर घरायसी उपभोक्तालाई लोडसेडिङमुक्त गरिएको अधिकारीले जनाए ।

प्राधिकरणले ढल्केबर ९महोत्तरी०–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५, कुसाहा ९सुनसरी०–कटैयाबाट १ सय ७०, रक्सौल–परवानीपुरबाट ६०, गण्डक–सुरजपुराबाट ३५, टनकपुर–महेन्द्रनगरबाट ३०, नेपालगन्ज–नामताराबाट १० मेगावाट, ११ केभीको वीरगन्ज विद्युत् नाकाबाट १०, ३३ र ११ केभीका विभिन्न नाकाबाट १० मेगावाट गरी ४ सय ७० मेगावाट बिजुली आयात गरिरहेको छ ।

भारत र नेपालबीच विद्युत् आयातसम्बन्धी सम्झौताको म्याद आइतबार सकिँदै थियो । विद्युत् प्राधिकरण र भारतीय विद्युत् व्यापार निगम ९एनभीभीएन० बीच गत साता विद्युत् आयातसम्बन्धी सम्झौता तीन महिनाका लागि नवीकरण भएको हो । पुरानै सर्त र मूल्य ३।६० भारु ९५ रुपैयाँ ७६ पैसा० मा तीन महिनाका लागि विद्युत् आयात गर्न सम्झौता नवीकरण भएको हो । सम्झौता नवीकरणसँगै मुलुकमा यो हिउँदयाममालोडसेडिङ नहुने सुनिश्चित भएको अधिकारीले बताए ।

१४० मेगावाट थपिने
यस आर्थिक वर्षमा कुल १५० मेगावाट बिजुली थपिने प्राधिकरणले अनुमान गरे पनि १४० मेगावाट मात्र थपिने भएको छ । निजी क्षेत्रका ८ आयोजनाबाट ३९ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा थपिइसकेको छ ।
निजी क्षेत्रको कुल जडित क्षमता ४४१ मेगावाट भएकामा ३९ मेगावाट थपिएपछि ४८० मेगावाट पुगेको छ । माघ दोस्रो सातादेखि प्राधिकरणकै आयोजना ३० मेगावाटको चमेलियाबाट उत्पादन सुरु हुने भएको छ । यसै वर्ष सकिने प्रक्षेपण गरिएको १४ मेगावाट कुलेखानी तेस्रो आयोजना भने अर्को आर्थिक वर्षमा मात्रै सम्पन्न हुनेछ ।कान्तिपुर पत्रिकाबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);