आगामी बर्षायाम देखि नेपालमा बिजुली मागभन्दा बढी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आगामी बर्षायाम देखि नेपालमा बिजुली मागभन्दा बढी हुने

electricity

काठमाडौं,१९ पुष ।चालू वर्षको बर्षा याममासमेत भारतबाट विद्युत् आयात गरेको प्राधिकरणले हालै गरेको प्रक्षेपणले आगामी बर्षामा विद्युत् बढी हुने देखाएको छ । सन् २०१८–१९ मा मात्र बर्षाको समयमा ४ सय ४१ मेगावाट विद्युत् बढी हुने प्रक्षेपण गरिएको छ । आगामी वर्षको बर्षा यामदेखि नेपालमा बिजुली मागभन्दा बढी हुने भएको छ ।

तर, हिउँदमा भने अझै ५ वर्ष बिजुली अभाव हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । प्रक्षेपण अनुसार विद्युतको माग १ हजार ८ सय ४२ मेगावाट हुनेछ भने आपूर्ति २ हजार २ सय ८३ मेगावाट हुनेछ । निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै प्राधिकरण र निजी क्षेत्रबाट आउने बिजुलीको कारण बिजुली बढी हुने ठहर प्राधिकरणको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);