साउदी अरबले स्थानीय बजारमा पेट्रोलको भाउ बढायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउदी अरबले स्थानीय बजारमा पेट्रोलको भाउ बढायो

काठमाडौं,१९ पुष ।साउदी अरबले स्थानीय बजारमा पेट्रोलको भाउ बढाएको छ । ऊर्जाको प्रभावकारी प्रयोग बढाउन यस्तो कदम चालिएको विश्लेषण गरिएको छ । यसलाई केहीले भने आम्दानी बढाउने र तेलमाथि अर्थतन्त्रको निर्भरता कम गर्ने महत्वकांक्षी सरकारी योजनाको हिस्साका रूपमा हेरेका छन् ।

समाचारअनुसार अक्टेन ९१ को मूल्य यसअघिको शून्य दशमलव ७५ रियालबाट बढाएर १ दशमलव ३७ रियाल कायम गरिएको छ । उता, अक्टेन ९५ को मूल्य पनि १ दशमलव १४ रियाल बढाएर २ दशमलव शून्य ४ रियालमा पु¥याइएको छ । यद्यपि, डिजेलको मूल्यमा भने कुनै पनि परिवर्तन गरिएको छैन । त्यसैगरी, साउदीले यस वर्षदेखि क्रमिक रूपमा इन्धन उत्पादनमा दिँदै आएको अनुदान र सहुलियत पनि हटाउने योजना बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);