शेयर बजारमा कारोबारले दिनहुँ नयाँ रेकर्ड राख्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

शेयर बजारमा कारोबारले दिनहुँ नयाँ रेकर्ड राख्दै

stock_exchange_nepse-e1528283604277

एजेन्सी । शेयर बजारमा पछिल्लो समय लगानी कर्ताको उपस्थिति आक्रामक रूपमा बढेको छ । कोरोनाले अर्थतन्त्र ठप्प बनेपछि आम्दानीको स्रोत पनि ठप्प बने पनि पछिल्ला केही दिनयता शेयर बजारमा कारोबारले दिनहुँ नयाँ रेकर्ड राख्दै आएको छ ।

साताको पहिलो दिनको कारोबारले नै दोस्रो बजारमा लगानीकर्ताको सक्रियतालाई अनुमान गर्न सकिन्छ । आइतबार शेयरबजार परिसूचक नेप्से ५० दशमलव ३१ अंकले बढेर २ हजार ९ सय६ दशमलव ८९ अंकमा पुग्दा कारोबार रकम भने १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ रुपैयाँको भएको छ ।

यो शेयबजारको नेपाली इतिहासमा नै सबैभन्दा धेरै रकमको कारोबार हो । यसअघि अघिल्लो हप्ताको आइतबार पनि बजारमा १७ अर्बकै कारोबार भएको थियो । सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ८८ अंकले बढेर ५२० दशमलव ९९ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबारमा आएका १३ मध्ये ६ समूहको सूचक ऋणात्मक बनेको छ भने सातवटा समूह उकालो लागेको छन् । बढ्नेमा बैंकिङ, लगानी, अन्य समूह, विकास बैंक, म्युचुअल फण्ड, वित्त र लघुवित्तका सूचक छन् । यस्तै शेयर मूल्य घट्नेमा जलविद्युत् नै अगाडि छ ।

यसको १ दशमलव ६३ प्रतिशतले सूचक घट्न पुग्यो । योसँगै व्यापार, जीवन बीमा, निर्जीवन बीमा र होटल तथा टुरिज्मका सूचक घटेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);