साताको पहिलो दिन शेयरबजारमा ६९ अंकको उछाल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

साताको पहिलो दिन शेयरबजारमा ६९ अंकको उछाल

stock-nepse-market

काठमाडौं, ११ फागुन । आइतबार शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्ब भन्दा माथि पुगेको छ । बजारमा लगानीकर्ताले शेयर खरिदचाप बढाउँदा माग र आपूर्तिको सन्तुलन विग्रिन गई नेप्सेमा उच्च वृद्धि भएको छ ।

साताको पहिलो दिन आइतबार शेयर बजारमा परिसूचक नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमल १४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १७ दशमलव शुन्य ७ अंकले बढेर ३ सय १७ दशमलव ५ अंकमा बन्द भएको छ । कारोबार रकम पनि ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको भएको छ ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको हो ।

जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जाँनु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेकाले माग बढ्न गई नेप्से र कारोबार रकममा उच्च वृद्धि भएको लगानी कर्ताको भनाई छ ।

यसबाहेक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत शेयर बजारलाई सपोर्ट गर्नेगरी प्याकेज ल्याउन लागेको हल्लाले पनि बजारमा काम गरिरहेको कतिपयको भनाई छ ।

आइतबार कारोबार खुलेको पहिलो २० मिनेटमा नेप्से ४३ अंकले उक्लिएको थियो । नेप्सेमा उच्च वृद्धि भएको देखेपछि केही लागनीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गई नेप्से १९ अंकको वृद्धिमा झरेको थियो । तर फेरी शेयरको माग बढ्न थालेपछि करिब ३ घण्टाको अवधिमा नेप्से ७५ अंकले माथि उक्लिएको थियो ।

फेरी अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लाग्दा नेप्से ४५ अंकको वृद्धिमा झरेको थियो । अन्त्यमा शेयरको माग पुनः बढ्न जाँदा नेप्से ६९ दशमलव ५६ अंकले बढेर बन्द हुन पुग्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);