अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण

khatiwada-sancharmantralaya

काठमाडौं, ११ फागुन । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका कारण गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिनुभयो ।

मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पुर्‍याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपु¥याउन पनि आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);