प्रदेश २ : अर्थबाट कृषिमन्त्रीको जिम्मेवारी पाएका यादवले सम्हाले जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रदेश २ : अर्थबाट कृषिमन्त्रीको जिम्मेवारी पाएका यादवले सम्हाले जिम्मेवारी

जनकपुरधाम । प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा फेरबदल गरिएका मन्त्री विजय यादवले पदभार ग्रहण गरेका छन्। अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरे पनि यादव भने अशन्तुष्टी जनाएर बसेका थिए ।

यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);