बेनी नगरपालीकाद्धारा कर्मचारी विद्येयक पारित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बेनी नगरपालीकाद्धारा कर्मचारी विद्येयक पारित

सन्दिप शर्मा,
म्याग्दी
। म्याग्दीको बेनी नगरपालीकाको बिशेष नगरसभा मंगलबार सम्पन्न भएको छ । बिशेष नगरसभाबाट स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मत रुपमा पारित भएको छ ।

विद्येयक पारित भएपछि बेनी नगरपालीकामा कार्यरत कर्मचारीहरुको तह समायोजन गर्ने ढोका खुलेको छ ।

स्थानीय निकाय सेवामा प्रवेश गरि हालसम्म स्थायी रुपमा कार्यरत कर्मचारीहरुको समायोजन नभएको र २०७४ सालदेखि विज्ञापन र बढुवा नहुँदा कर्मचारीको बृत्ति विकास अवरुद्ध भएको भन्दै नगरपालिकाले कर्मचारी समायोजन ऐन २०७५ को दफा ६ को उपदफा ४ समेतलाई आधार मानेर विद्येयक ल्याएको प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुबेदीले बताए ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा सुसाशन समितिका संयोजक हिराबहादुर थापाद्धारा प्रस्तुत विद्येयक सर्वसम्मत रुपमा पारित भएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);