कर्मचारी समायोजन प्रक्रिया एक साताबाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्मचारी समायोजन प्रक्रिया एक साताबाट सुरु हुने

mantriparisad office

काठमाडौं, १४ मंसिर । संघीय ढाँचा अनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बुहप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषकको विद्येयक सममितले स्वीकृती गरेको छ ।

बिहिबार बसेको विधेयक समितिले  व्यापक छलफलपछि केही संशोधनसहित अध्यादेबलाई स्वीकृत गर्दै मन्त्रिपरिषमा पेश गर्ने निर्णय गरेको हो। अध्यादेशलाई अाज मन्त्रिपरिषद्मा पेस गरिने जनाइएकाे छ ।

आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराई समायाेजन प्रक्रिया थाल्ने तयारी गरिएको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलयले जनाएकाे छ । सोमबार मन्त्रिपरिषद्को बैठकले अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने तयारी थालिएको खबर राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);