तलब वृद्धिको माग राख्दै १ सय ७८ मजदुर अान्दाेलनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

तलब वृद्धिको माग राख्दै १ सय ७८ मजदुर अान्दाेलनमा

andolan

काठमाडौं, १४ मंसिर । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक कम्पनी लिमिटेड, बुटवलमा कार्यरत मजदूरहरू पारिश्रमिक वृद्धि गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

आफूहरूका माग संवोधन गर्न पटक–पटक व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नगरेको भन्दै गएको शुक्रबारदेखि लिमिटेडमा कार्यरत कर्मचारीहरूले सात बुँदे माग राख्दै हडताल गरेका छन् ।

हाडतालका कारण विगत ६ दिनदेखि कम्पनीको सम्पूर्ण काम पूर्ण रूपमा ठप्प छ । मजदूरहरूले अहिले खाइपाई आएको तलबका आधारमा ५ हजार र मंहगी भत्ता ३५ सय गरी ८ हजार पाँच सय वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएका अन्य भत्ताहरु शतप्रतिशत वृद्धि हुनुपर्ने, कम्पनी भित्र क्यान्टिनको व्यवस्था, जोखिम भत्ता, आवास, कर्मचारीहरुलाई कम्पनीमा शेयर र कर्मचारीहरूलाई ड्रेसको व्यवस्था गरिनुपर्ने भन्दै संघर्षमा उत्रिएका हुन् ।

अखिल नेपाल औद्योगिक मजदुर यूनियन नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष भुवन गिरीले आफूहरूका माग पूरा नभएसम्म हडताल फिर्ता नहुने बताए । ‘सरकारको श्रम ऐन–२०७४ को दफा ११६ को उपपफा २ अनुसार हाम्रा माग छन्’ गिरीले भने, ‘२०७३ सालदेखि हाम्रो तलब वृद्धि भएको छैन । हामी अभद्र व्यवहार गर्दैनौ ।’

माग पूरा नभएसम्म हडताल जारी रहन्छ ।’ लिमिटेड जलविद्युतसंग सम्बन्धित कारखाना हो । यहाँ १ सय ७८ मजदूरहरू कार्यरत छन् । कम्पनीको प्रमुख व्यवस्थापक भारतीय नागरिक राजेश अग्रवाल छन । उनले कम्पनीप्रति नेपाली कामदारप्रति कुनै सदभाव नदेखाएको मजदूरहरूको आरोप छ । याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);