चीनको विश्वप्रसिद्ध स्छुवानी परिकार नेपालमा | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

चीनको विश्वप्रसिद्ध स्छुवानी परिकार नेपालमा

schhuwani

काठमाडौं, १४ मंसिर । चीनको विश्वप्रसिद्ध स्छुवानी परिकारको एक दिवसीय प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ ।

चिनियाँ परिकारलाई नेपालमा परिचित गराउने उद्देश्यले नेपालमा दोस्रो पटक आयोजना गरिएको मेलाका लागि स्छुवानबाट आएका पाँच जना भान्सेहरुले तीन दिन लगाएर करिब ५० थरिका परिकार बनाएका थिए ।

बुधबार आयोजित कार्यक्रममा पाँचै जनाको चिनियाँ कलाकार टोलीले स्छुवान अपेरा, एक्रोवेटिक्स, कठपुतली, मुकुण्डो परिवर्तनलगायतका चिनियाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

स्छुवान प्रान्तको जनकाङ्ग्रेसलगायतका सरकारी निकाय तथा काठमाडौँस्थित चिनियाँ राजदूताबासद्वारा संयुक्तरुपमा आयोजित मेलामा सभामुख कृष्णबहादुर महराले चीनले नेपालको हरेक क्षेत्रमा पुर्याएको सहयोगको लागि आभार ब्यक्त गर्दै दुबै देशबीचका जनतालाई सांस्कृतिकरुपले नजिक ल्याउन चिनियाँ खाना महोत्सवले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

ताजा समाचार