चिया श्रमिक आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

चिया श्रमिक आन्दोलित

chiya

इलाम, १८ चैत । सरकारले २०७५ साउन १ देखि लागू हुनेगरी नेपाल राजपत्रमा प्रकाशित गरेको चिया श्रमिकको नयाँ ज्यालादर कार्यान्वयन गर्नुपर्ने माग गर्दै चिया श्रमिकले आइतबारदेखि पुनः आन्दोलन थालेका छन् ।

श्रमिकको आन्दोलनका कारण आइतबार चिया बगान र उद्योगमा केही काम हुन सकेन । यो वर्षको चिया टिपाइ सुरु भएसँगै श्रमिकले चिया बगान र उद्योगमा तोकिएको नयाँ ज्यालादर र समाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन नगरिएसम्म काम नगर्ने चेतावनी दिएका थिए ।

श्रमिकले आफ्ना घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार कन्याम चिया बगानमा नारा जुलुस र कोण सभा गरेका छन् । यस्तै इलाम टी र सूर्योदय नगरपालिकाको मालुमस्थित हिमालय रेञ्जमा पनि श्रमिकले आन्दोलनका कार्यक्रम गरेर उद्योग र बगानको काम ठप्प पारेको त्यहाँ कार्यरत श्रमिकले बताएका छन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले गत साता नै पुनः आन्दोलनको घोषणा गरेका थिए । श्रमिकले गत साउन–भदौदेखि नै नेपाल सरकारले तोकेको ज्याला र अन्य सेवासुविधा दिइनुपर्ने माग गर्दै आन्दोलन थालेका थिए । यो समाचार गोरखा पत्रमा लेखेको छ ।

मजदुरको आन्दोलन मत्थर पार्न सरकारका तर्फबाट गत असोज ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा चिया श्रमिकसहितको चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदल गठन भएको थियो । कार्यदलले गएको फागुन ३० गते सरकारलाई प्रतिवेदन बुझाए पनि प्रतिवेदन अनुसारको काम नभएको सङ्घहरूको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सरकारले गत साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा चिया बगानका श्रमिकको आधाभूत पारिश्रमिक मासिक छ हजार चार सय ६९ रुपियाँ, महँगी भत्ता चार हजार तीन सय १२ रुपियाँ गरी मासिक दस हजार सात सय ८१ रुपियाँ तोकेको छ ।

यस्तै चिया श्रमिकको आधारभूत दैनिक दुई सय ३१ र महँगी भत्ता १५४ रुपियाँ गरी ३८५ रुपियाँ तोकेको छ । सरकारले चिया श्रमिमको प्रतिघण्टा आधारभूत ज्याला ३१ रुपियाँ र महँगी भत्ता २० रुपियाँ गरी प्रतिघण्टा ५१ रुपियाँ तोकेको छ ।

यसबाहेक यो पारिश्रमिकको अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुन अनुसार श्रमिकले पाउने सञ्चय कोष र उपादानसमेत दिनुपर्ने व्यवस्था राजपत्रमा उल्लेख छ ।

यता श्रमिकहरूलाई भने बगान, उद्योग तथा प्रतिष्ठानहरूले साउनदेखि नै दैनिक २७८ रुपियाँ मात्र दिँदै आएका छन् । चिया श्रमिकको आधारभूत दैनिक २३१ र महँगी भत्ता १५४ रुपियाँ गरी ३८५ रुपियाँ दिनुपर्नेमा २७८ मात्र दिइएको छ । अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले भन्नुभयो, श्रमिकहरूको अहिलेको माग साउनयता दिइएको दैनिक ज्यालामध्येको अहिलेसम्मकै अपुग रकम दैनिक १०७ रुपियाँ थप गरिनुपर्ने र नेपाल सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गरिनुपर्ने रहेको छ ।

उपाध्यक्ष रेग्मीका अनुसार निजीले त पूरा ज्याला दिएका छैनन्, सरकारी स्वामित्वमा रहेका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट, झापाका वर्ने, टोकला, बाह्दर्शी चिया बगानले पनि पूरा ज्याला दिएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);