सबैभन्दा पूरानो चिया प्रशोधन उद्योग खण्डहरमा परिणत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सबैभन्दा पूरानो चिया प्रशोधन उद्योग खण्डहरमा परिणत

chiya karkhana khandahar

इलाम, २५ माघ । वि.स १९४० मा इलामको सोक्तिममा स्थापना भएको चिया प्रशोधन उद्योग अहिले भग्नावशेष बनेको छ । निजीकरण पछि उद्योग खण्डहरमा परिवर्तन भएको हो । उद्योगको संरक्षणका लागि कुनै पक्षले चासो नदिँदा भएका उपकरणहरु पनि हराउन थालेका छन् ।

बिराटनगरको जुटमिल भन्दा ५३ बर्ष पुरानो इलामको सोक्तिम चिया कारखाना अहिले खण्डहर जस्तै भएको छ । नेपालमा चिया खेती र चियाको उत्पादनकोे इतिहाससँग जोडिएको सोक्तिमको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलाम चिया बगानभन्दा २ वर्ष मात्रै पछि खेती गरिएको इलामको माई नगरपालिका–९ मा रहेको बगान र कारखाना निजीकरणपछि मेसिन अन्यत्रै लगिएसँगै अहिले भएका सामग्री पनि हराउन थालेको छ ।

आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना पहिलो हो भने दोस्रो माई नगरपालिकाको सोक्तिम हो । एक सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टा गुणस्तरिय हुने भएपनि कारखाना बन्द हुदा चियाको इतिहास नै संकटमा परेको छ । यसको संरक्षणका लागि माइ नगरपालीकाले उद्योग संचालनको जिम्मेबारी लिन संघीय सरकारसँग माग गरेको छ ।

नेपालको औद्योगिक इतिहास बोकेको सोक्तिम चिया कारखाना संरक्षण गरि चियाको अध्ययन गर्ने थलो बनाउन सकिन्छ । देशको विकास र समृद्धिका लागि उद्योगहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ । त्यसैले सरकारले भएका उद्योगहरुलाई सही व्यवस्थापन गरी सञ्चालनका लागि पहल गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);