चियाको मुल्य नपाएपछि किसानहरु आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चियाको मुल्य नपाएपछि किसानहरु आन्दोलित

इलाम, १६ भदौ । चियाको उचित मुल्य नपाएको भन्दै इलामका किसानहरु आन्दोलित भएका छन् । स्थानिय तहले तोकेको न्युनतम मुल्य समेत नपाएको भन्दै इलाम सूयोदय नगरपालिकाका चिया किसानहरु आन्दोलित भएका हुन् । किसानहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । यस अघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र समेत पेश गरेका छन् ।

यस अघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफल पछि गएको वर्ष नै न्युनतम प्रतिकिलो ४० रुपैयाँ मुल्य निर्धारण गरेको थियो । तर सो रकम घटाएर हाल २० देखी ३० रुपैयाँ मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आन्दोलनमा उत्रिनु परेको चिया किसान आन्दोलन समितिले जनाएको छ ।

१ किलो चिया उत्पादनमा किसानको साढे ३७ रुपैयाँ खर्च हुने गरे पनि वर्षकै सुरुमा उत्पादन भएको चियाको मुल्य २० रुपयाँ दिन खोजेकाले किसान मारमा परेका हुन् । किसानहरुले चियाको उचित मुल्य नदिए आफ्नो हरियो चिया पत्ति नै भएपनि फिर्ता गर्न माग गरेका छन् । साथै उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भएपनि फिर्ता दिनु पर्ने उनीहरुको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);