५ केजी चाँदीका सामाग्री सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

५ केजी चाँदीका सामाग्री सहित ३ जना पक्राउ

कपिलवस्तु, १६ भदौ । कृष्णनगर सशस्त्र प्रहरी विओपीे पोष्टले करिब ५ केजी चाँदीका सामाग्री सहित ३ जना पक्राउ गरेको छ । सोमवार साँझ ८ बजे भारतीय सीमा क्षेत्रबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख धुब्र कार्कीले बताएका छन् ।

तस्करहरूले ती सामाग्री झोलामा लुकाएर ल्याउँदै गरेको थिए । शङ्का लागी झोला खोली हेर्दा २३० चाँदीका पायल र ४ थान मोबाइल रहेको जानकारी गराएका छन । सामाग्री सँगै शिवराज नगरपालिका ५ बस्ने आकाश बर्मा, ओम बहादुर घर्ती र आनन्द वर्मा समेत पक्राउ परेका छन् ।

कृष्णनगर र भगवानपुरको बिच सिर्सेहवा बाट गस्ती टोलीले सो सामान पक्राउ गरेको हो । ति चादीका सामान ओसार पोसारका लागी प्रयोग गरिने कार समेत बरामद गरिएको प्रमुख कार्कीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);