६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित १ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

६ केजी १ सय ६८ ग्राम चाँदीका गहना सहित १ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहना सहित प्रसौनी गाउँपालिका ६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);