राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा मिडिया एलाइन्सका उपाध्यक्ष शेरचनको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा मिडिया एलाइन्सका उपाध्यक्ष शेरचनको निधन

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा मिडिया एलाइन्सका उपाध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ ।

कोरोना संक्रमणका कारण नेपाल एपिएफ अस्पतालमा उपचाररत शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।

राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष तथा मिडिया सञ्चालककै संस्था मिडिया एलाइन्सको वर्तमान उपाध्यक्ष थिए ।

साथै उनी संविधानसभा सदस्य समेत बनेका थिए । उनको श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);