सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउन 'मिडिया एलाईन्स नेपाल' गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउन ‘मिडिया एलाईन्स नेपाल’ गठन

काठमाडौं, ७ असोज । सञ्चार उद्यमीहरुको साझा संस्था ‘मिडिया एलाईन्स नेपाल’ नामक संस्था गठन भएको छ । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउदै लगानीकर्ताको हकहितका लागि ‘मिडिया एलाईन्स नेपाल’ नामक संस्था स्थापना भएको हो ।

सञ्चारसम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णामा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित र उत्तरदायि हुने कानून निर्माणमा पहल गर्ने उद्देश्यले एलाईन्सको गठन भएको हो ।

संचार क्षेत्रमा कार्यरत पत्रकार कर्मचारीको हकहित संरक्षण गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित र उत्तरदायि हुने कानून निर्माणमा पहल गर्ने उद्देश्य पनि एलाईन्सको रहेको छ ।

एलाईन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ एलाईन्सको स्थापना भएको बताउनुभयो । सञ्चार नीति अभावमा २० अर्ब बढीको लागनी भएको क्षेत्र टुहुरो बन्न पुगेको उहाँले बताउनुभयो । उहाँले एउटै अनुमति पत्रमा नीजि क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने बताउनुभयो ।

एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको एलाईन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल उपाध्यक्ष रहनु भएको छ ।

इमेज च्यानल प्रालीका सिइओ लक्ष्मण हुमागाई महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्जवल शर्मा कोषध्यक्ष रहनुभएको छ ।

सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सिइओ सम्बृद्धि ज्ञवाली रहुनभएको छ । सल्लाहकारहरुमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालीका विनोद ज्ञवाली रहनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);