सञ्चार माध्यमलाई उद्देश्यमूलक र अर्थपुर्ण सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सञ्चार माध्यमलाई उद्देश्यमूलक र अर्थपुर्ण सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सञ्चार माध्यमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित नव गठित मिडिया एलाईन्सका पदाधिकारी तथा सदस्यहरुसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री आलीले सरकारको तर्फबाट सञ्चार माध्यमलाई उद्देश्यमूलक र अर्थपुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले सरकार सञ्चार माध्यमलाई संकुचन गर्नेतर्फ नलागेको भन्दै सञ्चार माध्यमले विश्वसनीय र सही सूचना जनतासम्म पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले कोरोना संकटका कारण नेपाली सञ्चार क्षेत्र संकटमा परेको भन्दै सरकारबाट सहुलियत पुर्ण ऋण प्राप्त भए सञ्चार माध्यमालाई उर्जा प्राप्त हुने बताउनु भयो । अध्यक्ष राजकर्णिकारले विज्ञापनरहित विदेशी सञ्चार माध्यमको प्रशारण सम्बन्धी कानुनले मिडिया क्षेत्रलाई राहत पु¥याउने उल्लेख गर्नुभयो ।

त्यसैगरी मिडिया एलाईन्सका उपाध्यक्ष एवं माउण्टेन टेलिभिजनका अध्यक्ष राजु प्रसाद कडेलले सरकार र सञ्चार माध्यमविचको सेतुको रुपमा एलाईन्सले काम गर्ने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);