आँगनमा आएका चाडपर्वहरुले निम्त्याउने परनिर्भरता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आँगनमा आएका चाडपर्वहरुले निम्त्याउने परनिर्भरता (भिडियोसहित)


ठूला चाडबाड नजिक आएसँगै चाडबाडलाई कसरी मनाउने भन्ने चिन्ता सर्वसाधारणलाई पर्न थालेको छ । दशैं, तिहार, छठ जस्ता ठूला पर्वहरु नेपालीका मौलिक पर्व भए पनि मनाउने शैलीले भने नेपाली मौलिकता गुमाउँदै गएको छ । पर्वको नाममा हुने देखासिकी र तडकभडकले चाडबाड मनाउने हाम्रो मौलिकतामा विकृति र विसंगति प्रवेश हुन थालेको छ । चाडपर्व मनाउनकै लागि सरकारी स्तरबाटै बाह्य वस्तुको आयातमा वृद्धि गरिंदा आन्तरिक उत्पादनले बजार नपाउने र परनिर्भरताले बजार महँगो हुने समस्या वर्षेनी बढ्दो छ ।

नेपालीहरुको घर आँगनमा दशैं, तिहार, छठ जस्ता महान पर्वहरु प्रवेश गर्दैछन । राष्टिÇय स्तरमै मनाइने यी पर्वहरुको महत्वबारे विवेचना गर्नु त्यति आवश्यक नहोला । सनातन वैद्धिक परम्परा अनुसार समाजका विभिन्न पक्षहरुका साथै परिवार भित्रका अनेकौं तहहरुमा समेत सामिप्यता कायम गर्नमा यी पर्वहरुको महानता आफंैमा अलौकिक देखिन्छ । के धनी, के गरिव, सबैमा एउटा अलग प्रकारको हौसलाको केन्द्र बनेका यी पर्वहरु नै नेपाली मात्रको मौलिकतासँंग साक्षात्कार गर्ने माध्यमको रुपमा एकल परिचय स्थापित हुँदै आएकोमा पनि कसैको बिमति छैन ।

अब त नेपाल भित्र रहने हिन्दु इतरका समुदायहरु समेत यी पर्वहरुमा रम्न थालेसँंगै यी पर्वहरुको गरिमा अरु बढ्न गएको देखिन्छ । पर्वको मार्मिकतासँंगै मनाउने शैलीमा पनि विविधता पाइन्छ । आ–आफ्नो अवस्था र परिवेश अनुसार जसरी पनि पर्वलाई भव्यता दिनको निमित्त एकाकार हुने सामूहिक चिन्तनले के वृद्ध,के युवा, के बालक सबैमा रौनकता छाइरहेको पाइन्छ । विगत केही समय यता पर्वको नाममा हुने गरेका देखासिकी र तडकभडकले मौलिकतामा विकृति प्रवेश गरेको हो की भन्ने आशंका जन्माइ दिएको छ । तथापी, यसतर्फ सम्बन्धित सबै होसीयार हुनसके हाम्रो भाइचारा र परम्पराले परिकल्पना गरे अनुसारको मौलिक वातावरण जीवन्त रही रहने कुरामा शंका छैन ।

पर्वको रौनकतासंँगै आकाशिने बजार भाउदेखि यातायातसम्मका अन्तरकथाहरु प्रत्येक वर्षको दैनिकी जस्तै बनिरहेको छ । सरकार बजार भाउ नियन्त्रण गर्छु भन्छ , नियन्त्रण भएको देखिंदैन । यातायात सर्वसुलभ छ भनिन्छ, त्यो पनि व्यवसायिक सिन्डीकेटसंँगै अरु अस्तव्यस्त बनेको देखिन्छ । यी र यस्ता केही प्रसंगहरुसँंगै नेपालीहरुले चाडपर्व मनाउनकै निमित्त ऋण धन गर्नु नपर्ने अवस्थाको कल्पना गर्न सकियो भने चाडपर्व मनाउने काम अरु व्यवस्थित हुनुका साथै यसको गरिमा समेत बढ्न जाने निश्चित छ ।

चार्डपर्व मनाउनको निमित्त भन्दै सरकारले विभिन्न उपभोग्य सामानहरुको आयातमा जोड दिने गर्दछ । भारत चीनबाट खसी, बोका,चाङ्ग्रा, भेडादेखि चीनसम्मको आपूर्तिको निमित्त सरकारी पहल हुने गरेको देखिन्छ । सोचनीय कुरा के छ भने, यी सम्पूर्ण आवश्कीय उपभोग्य बस्तुहरु नेपालका हरेक ठाउँहरुमा सानो प्रयत्नले नै आन्तरिक रुपमै उपलब्ध हुन सक्छन ।

यस्ता बस्तुहरुको विदेशबाट आयातमा पूर्णतः निरुत्साहित गर्नु स्वाधीन अर्थतन्त्रको निमित्त परम आवश्यक देखिन्छ । कृषिजन्य बस्तुहरुको आयात त नेपालले रोक लगाउनै पर्दछ । अन्य बस्तुहरुको आयातमा समेत कटौती गर्न सकियो भने आन्तरिक रुपमा उत्पादन हुनै पर्ने प्रकारको दबाब सबैमा सृजना हुन जान्छ । फलतः उत्पादनशील क्षेत्र अरु चलायमान हुन जान्छ । विदेशबाट सामान आयात गर्दैे सस्तो बजारको सोच बनाउनु अर्थतन्त्रलाई पराधिन गर्नुको महत्वपूर्ण प्रमाण हो ।

आन्तरिक बजार महँगो हुन गयो भने नै उत्पादकलाई उत्पादन गर्न जोस आउँछ । किनेर खानेले पनि आफुलाई चाहिने सामान उत्पादन गर्नुपर्ने बाध्यतासंँगै उत्पादन क्षेत्र अरु चलायमान हुन जान्छन । सरकारले दीर्घकालिन सोच बनाउनु जरुरत छ । टालटुले पाराले चाडवाड मनाउनु भन्दा आत्मनिर्भर उत्पादन प्रणालीका साथ चाडबाड मनाउन सके दशंैको ऋणले कोही उठीबास हुनु पर्देैन ।

यस वर्षको चाडबाडमा केही आयात गर्नुपर्ने सामानहरुलाई बाध्यताबस आयात गर्नु पर्ने बाध्यतासँगै आगामी वर्ष यस्तो आयात नहुने सरकारी घोषणा हुन सके हाम्रो अर्थतन्त्रले अरु गति प्राप्त गर्न सक्छ । हामी नेपालीहरुले पनि अर्काको देशमा बनेको सामानले चाडबाड मान्दैनौ भन्ने संकल्प गर्नु जरुरत छ । आफ्नो लागि आफैं भन्ने भावना बिना देश विकास हुँदै हुँदैन । मागेर मानेको चाडबाडले चाडबाडको गरिमा बढाउँदैन । देशका हरेक तह र तप्कालाई उत्पादनशील बनाउनुको विकल्प छँदैछैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);