उपभोक्तालाई मारमा पार्नेमाथि कडा कार्वाही गर्ने मन्त्री यादवको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

उपभोक्तालाई मारमा पार्नेमाथि कडा कार्वाही गर्ने मन्त्री यादवको चेतावनी

matrika yadhav

काठमाडाैं, ७ भदाै ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कडा कार्वाही गर्नेगरी बजार अनुगमनको कामलाई तीव्रता दिइएको बताएका छन् ।

उनले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कार्वाही हुने गरी उपभोक्ता संरक्षण ऐन संशोधन विधेयक, २०७५ सांसदमा पेश गरिएको पनि जानकारी दिए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले दशैं, तिहार जस्ता चाडबाड आएकाले उपभोक्तालाई मारमा पार्न नदिन सरकारले बजार अनुगमनको कामलाई अभियानको रुपमा अघि बढाएको उल्लेख गर्दै त्यसमा साथ दिन संचारकर्मीहरुसँग पटक– पटक आग्रह गरे ।

उनले बजार अनुगमनको कामलाई परिणाममुखि बनाउन आफूले गृह र कृषि मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको बताए । मन्त्रालयले वीरगंजस्थित प्रोबायोटिक उद्योग प्रालिले गुणस्तरहिन खाने तेल उत्पादन गरेको पाइएपछि कार्वाही प्रक्रिया सुरु गरिएको पनि स्पष्ट पारेको छ ।

मन्त्री यादवले निरीक्षण गरेको सो उद्योगमा उत्पादित सनफ्लावर तेल, भटमासको तेल र सुर्यमुखि तेलमा अखाद्य बस्तु भेटिएपछि सरकारले कार्वाही प्रक्रिया अघि बढाएको हो । मन्त्री यादवले कालिमाटी फलफूल तथा तरकारी बजार भित्रका अवैद्य गतिविधि नियन्त्रणका लागि छानवीनको काम सुरु गरिएको  जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);