यातायात भाडा बढाएकोमा सरकारको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

यातायात भाडा बढाएकोमा सरकारको चर्को आलोचना

yatayat

काठमाडौं, १० असोज । प्रतिनिधिसभाका सांसदहरुले दसैं जस्तो चाडबाडको मुखैमा यातायात भाडा बढाएकोमा सरकारको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभाका सांसदहरु प्रकाश रसायली, अमृतादेवी अग्रहरी, देवेन्द्र पौडेल लगायतका सांसदहरुले पेट्रोलियम पदार्थ र यातायातको भाडा बढाउने निर्णयप्रति आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गरेका हुन् ।

संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा बोल्दै काँग्रेस सांसद प्रकाश रसायलीले तत्काल यातायात भाडा बढाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरे । मुलुकमा सरकार र प्रतिपक्ष दुवै पक्ष नभए जसरी जनतालाई मारमा पार्ने गरी यातायातको भाडा वृद्धि गरेकोमा उनको आक्रोश छ ।

राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अमृतादेवी अग्रहरीले जनतालाई मारमा पार्ने काम भईरहेको भन्दै सरकारको चर्को आलोचना गरिन् । उनले पेट्रोलियम पदार्थ र यातायात लगायतका क्षेत्रमा बृद्धि गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न पनि सरकारसँग माग गरिन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलले पनि जनतालाई सूचना समेत नदिई पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पेट्रालियम पदार्थको मूल्य वृद्धि गर्दा जनताको तहमा व्यापक छलफल गर्न पनि सरकारलाई सचेत गराए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय स्तरमा मूल्य वृद्धि भएपछि पेट्रालियम पदार्थको मूल्य वृद्धि गर्नु परेको जवाफ समितिका सदस्यहरुलाई दिए ।

उनले दसैंको अवसर पारेर मुल्य वृद्धि गरेको पाईए त्यस्ता व्यापारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिए । मन्त्री यादवले अस्वाभाविक रुपमा मूल्य वृद्धि गर्ने व्यापारीबारे जानकारी गराउन पनि समिति मार्फत् सर्वसाधारणलाई अपिल गरे ।

मन्त्री यादवले दसैंमा हुने मुल्यवृद्धि लगायतका व्यतिथि अन्त्य गर्न सरकारले केही दिन भित्रैबाट बजार अनुगमनको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);