मूल्यवृद्धि नियन्त्रण नगरेको भन्दै सरकारको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मूल्यवृद्धि नियन्त्रण नगरेको भन्दै सरकारको चर्को आलोचना

samsadh parlyament

काठमाडौं, ८ असार । मूल्यवृद्धि नियन्त्रणमा सरकार उदाशीन बनेको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले जनतालाई सुखी बनाउने भनेपनि दुखमा साथ नदिएको सांसदहरुको आरोप छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बिशेष समयमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले मूल्य वृद्धिविरुद्ध शान्तिपूर्ण विरोध प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई देशका विभिन्न भागमा सरकारले चरम यातना दिएको उल्लेख गर्दै छानवीनका लागि तत्काल समिति गठन गर्न सरकारसँग माग गर्नुभयो । सांसद रसाइलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको संकल्पप्रति व्यंग समेत गरे ।

सांसद प्रेम सुवालले ठगी गर्ने ठेकेदारहरुलाई तत्काल कार्वाही नगरे सरकारको औचित्य समाप्त हुने चेतावनी दिए । उनले कर्मचारीलाई व्यवसाय संचालन गर्न दिने गरी विधेयक ल्याउन लागेको भन्दै आपत्ति पनि जनाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले मूल्यवृद्धिमा रमिते बनेर नबस्न सरकारको ध्यानाकर्षण गराए । उनले प्युठानमा गौमुखी पर्यटन क्षेत्रको विकास गर्न सरकारसँग माग गरे । ग्रामिण विकासका लागि प्यूठानमा गौमुखी पर्यटन विकास आवश्यक रहेको उनको भनाइ छ ।

सांसदहरुले बाढि, पहिरो र डुबान समस्या समाधान लागि उपयुक्त कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);