सरकारविरुद्ध नेविसंघको प्रर्दशन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारविरुद्ध नेविसंघको प्रर्दशन जारी

काठमाडौं, ८ असार । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने बताएको छ ।

नेपाल विद्यार्थी संघले शुक्रबार अपरान्ह नेपाल आयल निगमको केन्द्रिय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्य वृद्धि फिर्ता नभएसम्म सरकार विरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको हो ।

निगमको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित धर्ना कार्यक्रमको नेतृत्व गरेका संघका उपाध्यक्ष पुष्पविक्रम शाहीले जनताको दैनिक उपभोग्य बस्तुमा बढाइएको मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने बताए ।

धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुमा मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए ।

संघले पेट्रोेलियम पदार्थमा गरिएको मूल्यवृद्धि एकमुष्ट रुपमा फिर्ता गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन । पेट्रोलियम पदार्थमा पछिल्लो पटक मूल्य वृद्धि गरे लगत्तै संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);