मूल्य वृद्धिविरुद्ध युवा संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र  | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०७९, मंगलबार

मूल्य वृद्धिविरुद्ध युवा संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

गुल्मी । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले पेट्रोलियम पदार्थ मूल्यको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको घोर भर्त्सना गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गरिएको छ । कोरोनाको महामारीका कारण थलिएका नागरिकलाई झनै पीडा हुने गरेर सरकारले पटक–पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको युवा संघको आरोप रहेको छ ।

सरकार सत्ता टिकाउने र गठबन्धन कायम गरेर एमालेविरुद्ध कामभन्दा भ्रम छर्न उद्धत रहेकाले मात्रै जनतामा आशाभन्दा निराशा बढिरहेको युवा संघले आरोप लगाएको छ । 

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्डविक्रम पौडेलले युवासँगको पत्र तत्काल प्रधानमन्त्रीको कार्यालय पठाउने जानकारी दिए ।

Leave a Reply