एमालेले बोलायो पोलिट्ब्यूरो बैठक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०७९, आइतबार

एमालेले बोलायो पोलिट्ब्यूरो बैठक

काठमाडौं । नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो  बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएकाे छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए । 

९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा के के हुने ? उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने ? लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेले पार्टीको स्थायी कमिटी  बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ ।

उम्मेद्वार पनि त्यही बैठकपछि टुंगो लगाइनेछ । त्यस्तै यहि चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दैछ भने १३ गते स्थायी कमिटीको बैठक बस्नेछ । 

Leave a Reply