जनाधार मापनका लागि भएपनि गठबन्धन होइन दलहरु एक्लै निर्वाचनमा जानुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनाधार मापनका लागि भएपनि गठबन्धन होइन दलहरु एक्लै निर्वाचनमा जानुपर्छ

अंकगणितय राजनीति मार्फत सत्तामा जान अभ्यस्त नेताहरुसँग एक्लै निर्वाचनमा जाने हिम्मत देखिएन, जनचाहाना अनुरुप काम गर्न सकेकाहरु निर्वाचन जित्न गठबन्धन कै भर

निर्वाचनको प्रचारका लागि जनता समक्ष जाँदा राजनीतिक दलहरुसाग देस र जनाकोे हितमा के कस्ता काम ग¥यौ, के कस्ता योजना पुराना गर्न सकेनौ भन्ने कुराको जवाफ देहिता हुन पुर्छ। त्यसकै आधारमा जनताले भोट दिने गर्छन। तर हाम्रो देसमा नेतृत्वमा रहेकाहरुले निर्वाचित भएपछि जनताको हक हितका लागि भन्दा व्यक्तिगत स्वार्थका लागि मात्र काम गर्छन। जनताको विश्वास जीत्ने गरि काम गर्न सक्दैनन्। जब निर्वाचनमा जाने समय आउछ तब जनाधार नभएकाहरु गठबन्धनको साहारा खोज्न पुग्छ। मुलुकमा अहिले यहि अबस्था देखिएको छ।

स्थानीयतहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएसँगै दलहरु निर्वाचनको तयारीमा होमिएका छन। तर निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउँछ भनेर कुनै पनि दल ढुंक भएको देखिदैन्। अहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सबै भन्दा बढि गठबन्धनको रटान लगाइरहेका छन। गठबन्धनमा रहेका दलहरु गठबन्धनकै आधारमा निर्वाचनमा जाने कि सरकार मात्र गठबन्धन कायम राख्ने भन्ने अन्योलमा छन। पछिल्लो निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचनमा गएको नेकपा एमाले यस पटक भने एक्लै निर्वाचन लड्ने दाउमा छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरुले वर्तमान गठबन्धनको साहारामा निर्वाचनमा जानु हुँदैन भनिरहेका छन भने, केहि नेताहरु गठबन्धन हुनुपर्छ भने पक्षमा छन।

आम जनताले भने निर्वाचन स्वस्थ प्रतिस्पर्धाका आधारमा होस् भन्ने चाहेका छन। पछिल्ले निर्वाचनमा चुनावी घोषणापत्र मार्फत जनता समक्ष गरेका बाचाहरु पूरा गर्न नसकेका दलहरु लाई एक्लै निर्वाचनमा जान सकस परेको छ। किनकि जनता समक्ष अनेक प्रतिबतद्धता गरेर अघिल्लो निर्वाचनमा भोट बटुलेकाहरुले जनचाहना अनुरुप विकास निर्माण, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्नका लागि खास भुमिका निर्वाह गर्न सकेनन्। बरु स्वतन्त्र न्यायपालिका माथि गम्भीर प्रहार गरी सिंगो न्यायीक क्षेत्र विवादमा ल्याउने काम प्रमुख दलहरुबाट भएको छ। जनविश्वासमा विचलन ल्याउने गरि अराजकता सिर्जना गरेका दलहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकाय एवं राज्य प्रणालीका महत्वपूर्ण निकायहरुको गरिमा र स्वतन्त्रतामाथि नियोजित प्रहार गरेका छन।

दलहरुले देसको गरिबी घट्ने गरि काम गर्न सकेनन्। यो कार्यकालभरि सत्ताको लुछाचुडीमा समय खर्चेका दलहरुलाई आफ्ना कर्महरु थाहा भएर होला एक्लै दुई तिहाई मत प्राप्त गरेर सत्तामा जानसक्ने विश्वास कसैमा छैन। यो अबस्था सिर्जना हुनु भनेको सिंगो राजनीतिक क्षेत्रका लागि दुर्भागय हो। त्यसैले त सम्भावित चुनावी परिणामसँग दलहरु तर्सिएर निर्वाचनमा कसरी भोट हत्याउने भन्ने जालझेल रचिरहेका छन।

उसो त मुलुकको राजनीति अंकगणितय हिसावले चलिरहेको छ। जसका कारण ७० वर्षदेखि नेपालमा कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन। सरकार निर्माण गर्न गठबन्धनको भर पर्ने दलहरु चुनावमा विजयी ह्ुुन पनि गठबन्धनकै भर परेका छन। यस्ता गठबन्धनले कुन दलको जनाधार के हो भन्ने मापन हुन सकेको छैन। अर्को तर्फ विना कुनै मापदण्ड दलहरु गठबन्धन गरिरहेका छन। जबकि गठबन्धन गर्नका राजनीतिक दलहरुकाबीचमा न्युतम राजनीीतक सिद्धान्त वा मापदण्ड मिल्नु पर्छ भन्ने विश्व व्यापी मान्यता छ। अहिले नेकपा माओवादी केन्द्र कांग्रेसले लखटे एमालेसँग गठबन्नध गर्ने अबस्थामा पुगेको छ।

माओवादीले ६४ सालकै अबस्थामा माओवादी केन्द्र फर्कने दाबी गरिरहेको छ। तर उसले के हेक्का राखेको छैन भने शसस्त्र संघर्षरत तत्कालिन माओवादीले २०६४ मा जनताका लागि राम्रो काम गरेको भएर जनताले मत दिएका होइनन्। देसमा जारी हिंसा र रक्तपात रोकियोस भन्ने कारणले नेपाली जनताले प्रचण्ड नेतृत्वको मोओवादीलाई ६४ को निर्वाचनमा सबै भन्दा ठूलो दल बनाएका हुन। अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको सबै भन्दा ठूलो दल हो तर उसले २०७४ सालको निर्वाचनमा धेरै भोट पाउनुको कारण तत्कालिन वाम गठबन्धन हो। बाम गठबन्धनकै बलमा मात्र एमाले दुई तिहाई नजिकको बहुमतका साथ सरकार निर्माण गर्न सफल भएको हो। ७४ सालमा स्थानीय तहको निर्वाचन सम्म माओवादी केन्द्रसँगको तालमेलले केहि स्थानमा विजयी भएको कांग्रेस संघको निर्वाचनमा एक्लै जादा इतिहासकै कमजोर अबस्थामा पुग्यो। मधेश केन्द्रित राजनीति गर्ने दलहरु अघि पछि कहिल्यै मिल्दैनन तर जब जब निर्वाचन आउछ तब तब एजेण्डा मिल्ने शक्ति भन्दै एक ठाउमा उभिन्छन। निर्वाचन जितेपछि पार्टी फुटाउछन। गठबन्धन विना निर्वाचनमा गए आफ्नो हालत के हुन्छ भन्ने उनीहरुले राम्रो सँग बुझेका छन।

यस्तो धरातलमा निर्वाचन गर्ने दलहरुसँग आफ्ना जनाधार के हो भन्ने आधार छैन। त्यसैले आगामी निर्वाचनमा सबै दलहरुले आफ्नो जनाधार मापन गर्न भए पनि निर्वाचनमा एक्लै जाने हिम्मत गर्न जरुरी छ। मुलुकलाई सधैभरि अस्थिरताको चपेटामा राखेर आफु सत्तामा रमाउने प्रवृति रहे सम्म देसको प्रगती हुन सक्दैन। चुनावमा आफ्नो अस्तित्व बचाउन लागि गठबन्नधनका लागि मरिहत्ते गर्ने दलहरु बारे जनताले मनन गरेर मात्र मत दिनु पर्छ। अन्यथा मुलुकमा रहेको अस्थिरता र अराजक राजनीतिलाई निरन्तरता दिनु बाहेक केहि उपलब्धि हासिल हुनेवाला छैन। देस बनाउन हिडेका दलहरुले एक्लै निर्वाचनमा जान खुटृ कमाउनु आफैमा लज्जास्पद कुरा हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);